बीरगन्जमा १० जना महिलासहित ७१ जनाद्वारा रक्तदान

बीरगन्ज, २५ पुष । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिस, रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिस, रोट्रायक्ट क्लब अफ युनाईटेड बीरगन्ज, ईन्टेरेक्ट क्लब अफ डिएभी, ईन्टेरेक्ट क्लब अफ गौतम स्कुल लगायतका सामाजिक संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बीरगन्जस्थित माईस्थान पार्कमा भएको रक्तदान कार्यक्रममा १० महिला सहित ७१ जनाले रक्तदान गरेका हुन् ।

बीरगन्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

रक्तदान गर्नेहरुमा ईमा गुप्ता, कल्पना शर्मा, अनिल जयसवाल, प्रिती गुप्ता, सौरभ वर्णवाल, मुनि साहलगायतका रहेका छन् । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसका सामाजिक परियोजना संयोजक अनिल जयसवालको संयोकत्वमा कार्यक्रम सम्पन्न भएको दिपु वर्णवालले जानकारी गराएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close