
राहुल गुप्ता
आज मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले महागढीमाइ नगरपालिका अन्तर्गत रहेको
बहुउद्देश्यीय गढीमाई धर्मशालाको उद्वघाटन गरेका छन । पूजापाठसहित फित्ता काटेर भवनको उद्घाटन गरेका गरेका
मन्त्री यादवले यस क्षेत्रमा कुनै धर्मशाला नरहेकोले जनतालाई विवाह,व्रतबन्धजस्ता कार्य गर्न समस्या भएकोले जनताको माग र आवश्यकताअनुसार यो धर्मशाला निर्माण भएकोले अगामी दिनमा यस्ता विकास निर्माणका कामलाई निरन्तरता दिने उनले बताए।
त्यस्तै कार्यक्रममा बोल्दै महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र कुमार यादवले महङ्गो शुल्क तिरेर विवाह, पूजालगायत कार्यक्रमहरु गर्न नसक्ने परिवारहरुलाई लक्षित गर्दै दिर्घकालिन योजना अनुरुप भवन निर्माण गरिएको बताए ।
यश वर्ष लाग्ने गढिमाइ मेला तथा गढिमाई मन्दिरमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी धार्मिक पर्याटकलाई राती राख्नको लागि कमी रहेको पुर्वाधारलाई यसले पुरा गर्ने विश् उनले बताए।
नगर प्रमुख उपेन्द्र प्र.यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथीमा प्रदेश सभा सदस्य,अतिथीमा महागढीमाईमा सम्पुर्ण वडा अध्यक्ष,लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि,बारा पुर्वाधार कार्यालय, बिभिन्न संघसंस्था र स्थानीयहरूको उपस्थित रहेको थियो।




