अनिल कुमार साह पास भए पनि जबरजस्ती फेल: कलैया लाइसेन्स ट्रायलमा रकम नदिएपछि अन्याय

अनिल कुमार साह पास भए पनि जबरजस्ती फेल: कलैया लाइसेन्स ट्रायलमा रकम नदिएपछि अन्याय

कलैया उपमहानगरपालिका–९ रामपुर निवासी २९ वर्षीय अनिल कुमार साहले आफू ट्रायलमा स्पष्ट रूपमा पास भए पनि यातायात व्यवस्था कार्यालय, कलैयाका कर्मचारीहरूले जबरजस्ती फेल गरिदिएको गम्भीर आरोप लगाएका छन्।

 

साहका अनुसार उनले चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न निर्धारित अभ्यास र ट्रायल प्रक्रियामा सफलतापूर्वक भाग लिएका थिए। तर ट्रायल सकेपछि एक कर्मचारीले भने, “भाइ, फेल भइस्… बाहिर निस्की!”

“म आठ वर्षदेखि गाडी चलाउँदै आएको मान्छे हुँ। मसँग मोटरसाइकलको लाइसेन्स पनि छ,” साहले भने, “मैले ट्रायल क्लियर गरेको छु। यदि म गलत छु भने ट्रायल सेन्टरमा राखिएको सीसीटीभी फुटेज हेरे हुन्छ। तर कर्मचारीहरूले मनोमानी गरे।”

उनले घटनाबारे यातायात कार्यालयमा लिखित उजूरी दिएका छन्। कार्यालय प्रमुख अरबिन्द दासले उजूरी दर्ता भएको पुष्टि गर्दै छानबिन हुने र गल्ती पुष्टि भएमा दोषीमाथि कारबाही गरिने बताएका छन्।

कलैया ट्रायल सेन्टरमा पहिले देखिनै “पास गराउने” र “फेल गराउने” खेल बिचौलियामार्फत चल्दै आएको आरोप छ। बुझिएअनुसार ट्रायल दिन आउने उम्मेदवारहरूमध्ये रकम तिर्नेहरूलाई इशारामा पास गरिने र इमान्दार रूपमा आउनेहरूलाई फेल गराइने कार्य भएको छ।

तर अनिलकुमार साहले यसपटक त्यो अन्याय सहनु त परै जाओस्, सार्वजनिक रूपमा आवाज उठाउँदै उजूरी दिएका छन्। हाल भने उनको उजूरीलाई दबाउन बिचौलिया र आन्तरिक चलखेल सक्रिय भएको स्रोत बताउँछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close