लकडाउनको कारण यसपालिको इद फितलो: महमद मेराज

वीरगन्ज – इस्लाम धर्मावलम्बीहरुको महान चाड ‘इद उल फितर’ लाई पवित्र रम्जान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार पर्वको निर्धारणमा महत्वपूर्ण हुन्छ !
सबैजनाले अन्तिम दिन साँझमा चन्द्रमा हेर्ने इस्लामीक रीति अनुसार रम्जानको गर्दछन र जब हिजाल अर्थात अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ र चन्द रात पनि भनिन्छ।

रमजान एक महिनाको कठोर व्रतको अन्त र इद उल फितर पर्वको शुरुवात हुने गर्दछ । यो एउटा उत्साह र जीत को चाडवाड हो जहाँ परिवार र समाज समक्ष मुस्कान र सदाचारका शुभेच्छाहरु आदानप्रदान गर्ने गरिन्छ ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ।

जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ । इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्। यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । प्रार्थना पश्चात् परिवारहरुमा सामूहिक भेला हुनेगर्दछ र सामूहिक रुपमा भोज गर्दै इद उल फितर को हर्ष उल्लासपूर्ण स्वागत गरिन्छ ।

करोना (कोभिड १९) को कराण मुलुकनै लकडाउनमा रहेको ले ज्यालादारी र स्यानो व्यापारीहरुमा छाकटार्न मुस्किल भएबेला यसवर्ष यो पर्व धुमधामका साथ
मनाउन नसकेने पर्सा गडिनगर पालिका यूवा नेता: मोहमद मेराजले बताएका छन।संघ सरकार द्धारा बितरणगरिएको १० किलो चालम, १किलो नुन र १किलो दालले महिनौ धन्न नसकिने महमद मेराजले बताउदै यश वर्ष गरिब र विपन्न वर्गमा एक छाक टार्न मुस्किन भएको बेला यश वर्ष गतवर्ष जस्तै धुमधामकासाथ मनाउन न सकिने बताएका छन साथै यस बिकत अवस्थामा घरमै बसि यो पर्वमनाउने अनुरोध गरेकाछ्न साथै यस्तो परिस्थितिमा आफ्नो घर छेउ छाउमा रहेका गरिब बर्गलाई सहयो गर्न अनुरोध गरेकाछन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close