
वीरगञ्ज : डिजीटल नेपाल प्रवर्द्धनकाे उदेश्यका साथ भास ट्रेड मंगलबारबाट औपचारिक रूपमा सुरू भएकाे छ ।
मंगलबार अपरान्ह ३ बजे भास ट्रेडकाे फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने गरि भास ट्रेडकाे वेबसाइटलाइ सार्वजनिक गरिएकाे हाे ।
भास ट्रेड मुलतः एक इ कमर्स वेबसाइट हाे । जहाँ नयाँ पुराना सामानहरूकाे सहज खरिद विक्रि गर्न सकिन्छ । त्यस्तै अन्य व्यापार व्यवसायकाे प्रवर्द्धन पनि यहाँ गर्न सकिने कम्पनीले जनाएकाे छ ।
यहाँ विक्रेताले ताेकेकाे मुल्यकाे शत् प्रतिशत प्राप्त गर्ने छन् ।
विक्रेताहरूसँग भास ट्रेडले कुनै पनि किसीमकाे कमिसन नलिने याेजना रहेकाे ट्रेडका मार्केटिंग प्रमुख तथा सहसंस्थापक विजय रञ्जन कर्णले बताए ।
भास ट्रेड मार्फत सामान खरीद गर्ने ग्राहकहरूलाइ सामानकाे गुणस्तरमा कुनै किसीमकाे कमी हुन नदिने भास ट्रेडका सहसंस्थापक कर्णकाे भनाइ छ । नेपालपाेष्टसँगकाे कुराकानीमा उनले भने “गुणस्तरकाे मामिलामा हामी सजग छाै । खरीद विक्री गरिने हरेक वस्तुकाे गुणस्तर जाँच हाम्राे प्राथमिक्तामा छ ।”
“भास ट्रेड, हाम्रो सपना हो, एक व्यवसाय परियोजना हाे, डिजिटल नेपालको लागी एक अभियान हाे । यो आफैंमा सबै कुरा हो” चार साथीहरु मध्ये एक अनुप तिवारीले फेसबुक लाइभमा भने “याे नतिजा तीन महिनाको योजना र कडा परिश्रमको परिणाम हो।” उनलेे भने ।
कम्पनीकाे नाम कम्पनीका चार जना संस्थापकहरूकाे नामकाे पहिलाे अक्षरबाट राखिएकाे छ । विजय रञ्जन कर्ण, आशुताेष स्वराज, अनुप तिवारी र सार्थक सर्राफ भास ट्रेडका संस्थापकहरू हुन् ।
भास ट्रेडकाे वेब डेभलपमेन्ट संस्थापकहरू आफैले गरेका हुन् ।
विश्व आधुनिक्ता तथा डिजिटलाइजेशन तर्फ उन्मुख भइरहेका बेला भास ट्रेड डिजिटल नेपाल प्रवर्द्धनका लागि एक खुड्किला भएकाे जनाइएकाे छ ।
हाल वेबसाइटबाट सुरू भएकाे भास ट्रेडकाे माेबाइल एप्लिकेशन विकासकाे चरणमा रहेकाे कम्पनीका अर्का संस्थापक आशुताेष स्वराजले बताए ।
भास ट्रेडकाे सुरूवात पश्चात घर बसिबसी खरीद विक्रि गर्ने एक नयाँ माध्यमकाे विकास भएकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस





