
अनिल साह वीरगन्ज ।असाढ १०। जिल्ला आयुर्वेद स्वास्थ केन्द्र पर्सा द्धारा एक दिने स्थानिय जडिबुटी परिच्यात्मक कार्यक्रम सम्पन्न गरेको छ।कोरोना उपचारका विषेशरुपमा प्रयोग हुने जडिबुटीहरुलाई पहिचान गरि दैनिक जिवनामा उपयोग गर्ने उदेश्यका साथ आज बुधबार एक दिने कार्यक्रम सपन्न गरेको छ।
कोरोनाको सम्बन्धमा नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा चिकित्सा बिभागले निकालेको कोभिड १९ प्रोटोकलको अनुसार बेसार , अदुवा , गुडुची , तुल्सी , मरिच , असोगन्धा ,स्टिमधु ,कागती , धनिया लगायतका स्थानिय जडिबुटीहरु मानिसको शरीरमा रोग प्रतिधात्मक क्षमता बडाउनुका साथै आगन्तुक रोगलागन नदिन उपयुक्त रहेकोले सो कार्यक्रम गरिएको वरिष्ठ कविराज निरिक्षक नागेन्द्र प्रसाद राउतले बताएका छन।
सो कार्यक्रममा उपस्थित जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले उद्धटन गरेका थिए । बिगतका दिनमा स्थानिय द्धारा पुर्णरुपमा औषधि नपाएको गुनासो आए पछि । सो अवसरमा बोल्दै डाक्टर मिश्राले सरकारले औषधिका लागि ३ देखि ४ लाख सम्म पठाइएको हुदा पुर्णरुपमा औषधि वितरण गर्न नसकिएको बताएका छन। उनका अनुसार कोरोना कोभिड १९ को कहरको समयमा धेरै जस्तो स्वास्थ्य केन्द्रको ओपिडी सेवा लगायत अन्यसेवा बिभागले बन्द गर्ने निर्देशन दिए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले दैनिकरुपमा सम्पुर्ण सेवा सन्चालन गर्दै आएको बताएका छन। साथै जेष्ठनगरिकको हकमा नि:शुल्क औषधि वितरणमा असोवगन्धा वितरण गर्दै आएको बताएका छन।
कार्यक्रममा प्रशिक्षक धिरेन्द्र सिंहले स्थानीय विभिन्न जडिबुटीको प्रयोगात्मक विधिबारे प्रशिक्षण दिएका थिए । भने अर्को प्रशिक्षक राज सुन्दरले स्वस्थरहन आहार , बिहार , अचार अर्थात खानपिनले मान्छेको व्यवहारमा कसरी परिवर्तन गर्न सकिन्छ भने सन्दर्भमा प्रशिक्षण दिएका थिए।
सो कार्यक्रममा भिस्वा यूवा कल्बका अध्यक्ष उदय कुशुवाहा , जिल्ला आयुर्वेद स्वास्थ केन्द्र पर्साका अस्थायी समितीका अध्यक्ष मुकेश यादब , कर्मचारी , स्थानि लगायतको उपस्तिथि रहेको थियो।




