लायन्स क्लब अफ मेलेनियमले एक कार्यक्रममा ४५ सय भिटीएम किट हस्तान्तरण /

वीरगंज १७ असार – हिजो मंगलबार एक कार्यक्रममा लायन्स क्लब अफ मेलेनियमले ४५०० (पैटालिस सय ) वोटा कोभिड १९ टेस्टिंग भिटीएम किट हस्तान्तरण गरियेको छ।दाता निर्मल गुप्ता,केतन गुप्ता,बिशाल पट्वारी को सह्योगमा  भिटीएम किट बिरगंज महानगर का मेयर विजय सरावगी एवं नारायणी अस्पताल का मेसु मदन उपाध्याय लाइ हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रमा मन्तव्व को क्रममा संविधान साभा सदस्य अनिल रुङ्टाले ब्यापारी वर्ग र कोभिड १९  सङ को लडाइँ मा एतिहाशिक भुमिका निर्वाह गरेका छन साथै हाल बिरगंजमा चेक्किङ तिब्र रुपमा गरेर छिटै ग्रीन जोन बनाउने अभियान मा येस्ता सह्योग ले सघाउने बिश्वास व्यक्त गरेका छ्न।तेस्तै प्रमुख अतिथि मेयर सरावगीले बिरगंजका नागरिकहरूले कोभिड १९ महामारी सङ लड्न सहयोग गरिरहेको मा धन्यवाद ब्यक्त गरेका थिए भने कार्यक्रमका अर्का अतिथी मेसु मदन उपाध्यायले अहिले हामी सतर्क रहौ,सुरक्षाको नियम पालना गरौ यस सह्योग र हामी लाइ धेरै टेस्ट गर्ने र धेरै राहत हुने बारे बताए ,तेयस्तै  मन्तव्यको क्रममा पत्रकार महासङ पर्सा अध्यक्ष श्याम बन्जारा ले यो सन्क्रमण फैलिने डर यथावत रहेको र भिटीएम  किट को सह्योगले केहि सहज हुने र र दाताहारु लाइ धन्यवाद पनि ब्यक्त गर्नु भएको थियो,सथै उन्ले आफै संक्रमित भएको र येस्बाट डाराइ रहनुपर्दैन बरु समाजका अन्य ब्यक्तीले संक्रमित भएका लाइ माया र सकारात्मक ब्यवहार को लागि आग्रह गरेका छ्न।कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ मेलेनियमका अध्यक्ष सज्जन कुमार अग्रवालको सवापतित्वमा भएको कार्यक्रममा लायन्स क्लबका राघव आचार्य,बैंकर्स एसोशिएसनका अध्यक्ष रोशन श्रेष्ठ,लायन डा.राम औतार खेतान,लायन गुडि जोशी,लायन रमेश अग्रवाल,लायन सुनिल रुङ्टा,युवा अभियन्ता दिलिप राज कार्की लगायतका ब्यक्तित्व हरु को उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण लायन देवकीनन्दन अग्रवालले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close