संक्रमित प्रहरी र सेना जवानका लागि सानो पाइलाद्धारा आईसोलेसन केन्द्र स्थापना

वीरगञ्ज, २० साउन । सामाजिक संस्था सानो पाइलाले कोभिडका बिरामीहरुको उपचारका लागि आईसोलेसन केन्द्र स्थापना गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग को सहकार्यमा बीरगञ्जस्थित कलवार धर्मशालामा ४० शैया क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको हो ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार बनाईएको आईसोलेसन केन्द्रलाई सानो पाइलाले मंगलबार बाट सञ्चालनमा ल्याएको जनाएको छ । नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय पर्साको प्रत्यक्ष निगरानीमा रहने यस आईसोलेसन केन्द्रमा अंग्रपंक्तिमा रहेर काम गर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ ।

महामारी नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउने उदेश्यले आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले बताए । “यतिबेला सरकारी संयन्त्र मात्रै एक्लैको प्रयासले यो महामारी पार लगाउनु कठिन छ,“ सानो पाइलाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत झाले भने “यस्तो परिस्थितीमा देश(विदेशमा रहेका नागरिकले राज्य संयन्त्रलाई सघाउने माध्यम सानो पाइला बनेको छ ।” उनका अनुसार सानो पाइलाले समुदायको सहयोग समुदायसम्म पुर्यौउन साँघुको काम गरिरहेका छ ।

नारायणी अस्पतालको चिकित्सकिय निगरानीमा आईसोलेसन केन्द्र सञ्चालन हुने जनाइएको छ । आईसोलेसनमा रहने बिरामीरुका लागि व्यक्तिगत आधारभुत दैनिक सामाग्रीहरुको व्यवस्था गरिएको संस्थाका कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close