
वीरगञ्ज २८ जेठ । वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक वीरगन्ज शाखाले आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।
बैंकका शाखा प्रबन्धक मनिष उपाध्यायको नेतृत्वमा गएको टोलीले महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवन्धक उपाध्यायले महानगरपालिकाद्वारा सुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे । उनले कोरोनाभाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानलाई सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले माछापुच्छ्रे बैन्कलाई धन्यवाद दिँदै छिट्टै पिसिआर मेसिनबाट नगरमा परीक्षण सुरु हुने जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारिहरु ग्यानेन्द्र गोस्वामी र किसन केसिको समेत उपस्थिति रहेको थियो ।




