
बीरगन्ज, १७ भदाैै । स्थानिय तहले गर्ने काम युवा नेताले गरेर देखाईदिएका छन् । बीरगन्ज महानगरपालिका वडा नं १ को बिजुली पोलहरुमा बत्ती (बल्ब) जडान गर्न वडा कार्यालयलाई पटकपटक आग्रह गरेपनि सुनुवाई नुहँदा बत्ती जडानका लागि स्थानिय युवा नेता स्वयम् लागि परेका हुन् ।
उनका अनुसार वडा कार्यालयले जडान गरेका बत्तीहरु बिग्रिएपछि रातपरेपिछ वडामा अन्धकार हुने गरेको छ । जसका कारण हिँड्डुल गर्न समेत गाह्रो हुन्छ । बिग्रिएका बत्ती मर्मतसम्भारका लागि वडा कार्यालयलाई पटकपटक आग्रह गर्दापनि कुनै सुनुवाई नभएपछि स्वयम् वडालाई उज्यालो बनाउन लागिपरेको अभियन्ता पटेलको भनाई छ ।
“वर्षाको पानीले वडाले जडान गरेको बत्ती बिग्रियो । रातपरेपछि हिँड्डुल गर्न असाध्यै गाह्रो हुन्छ । वडालाई आग्रह गर्यौ, कुनै सुनुवाई भएन”, अभियन्ता पटेल भन्छन्, “वडाले नसुनेपछि आफैले अभियान सुरु गरे ।”
अभियान अन्तर्गत वडामा रहेको करिब १ सय ५० पोलहरुमा बत्ती जडान गर्ने लक्ष्य लिइएको जनाइएको छ ।




