
युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ को संगठन बिस्तार , पर्साबाट राहुल गुप्ता सदस्यमा मनोनीत ।
बिरगंज , भदौ २२ गते सोमबार ।
युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ को सङ्गठन विस्तार भएको छ। पर्साबाट राहुल गुप्ता सदस्यमा मनोनीत भएको जनाएको छ ।
संगठनको प्रदेश न.२ को सचिवमा प्रभात ठाकुर (सर्लाही ) र सदस्यहरुमा राहुल गुप्ता( पर्सा ) र नुरी मिकरानी (सर्लाही ) बाट रहेको छ। त्यसैगरि सर्लाही जिल्लाको लागि कुमोद साह र महोत्तरीको लागि निरज शर्मालाई संयोजकमा नियुक्त गरिएको छ। युथ काङ्ग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन, राष्ट्रियता , प्रगतिशिलता , स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्यका साथ विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।
यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ। यस संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको बताए ।
युथ कांग्रेश नेपाल प्रदेश २ मा नियुक्त भएका हालका युवाहरु कानुन र आइटी पढेर सामजिक कार्यहरुमा संग्लन रहेको, नव नियुक्तहरुलाई स्वागत गर्दै युथ कांग्रेश नेपालका प्रदेश संयोजक रमेश कुमार राजले भने – ” हाम्रो पुर्खा लोकतनत्रका लागि लडे, हामि लोकतनत्रलाई जीवनशैली बनाउन लड्दैछौं।




