
राजन कुमार बानिया
पोखरिया २६ भदौ
सशस्त्र प्रहरीको असई भएको भन्दा जनता तथा व्यापारीलाई दुःख दिदै आएका एकलाई प्रहरीले पक्राउ गरेका छन। पक्राउ पर्नेमा जिराभवानी गाउपालिका वडा नं १ बेल्वाटाडी निवासी राजा यादव रहेका प्रहरी चौकी महादेवपटीका प्रहरी सहायक निरीक्षक सिकेन्द्र पान्डेले बताए। यादवलाई कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रसनि पान्डेले बताए। यादवले सर्वसाधारण तथा व्यापाररीहरुलाई आफू सस्त्रको असई भन्दै पैसा उठाउने तथा दुःख दिदै आएका गुनासो आएपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन
आफ्नो प्रतिक्रिया दिनुहोस




