
जसपा पर्साद्वारा संविधान अपूर्ण रहेको भन्दै बिरगंजमा विरोध प्रदर्सन ।
बिरगंज , असोज ०३ गते शनिबार ।
जसपा पर्साद्वारा संबिधान अपूर्ण रहेको भन्दै बिरगंजमा आज बिरोध प्रदर्शन गरेको थियो ।
जसपामा अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको नेतृत्वमा घण्टाघरबाट शुरु विरोध र्याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
सो विरोध सभालाई सम्बोधन गर्दै जसपा नेता तथा सांसद लक्ष्मणलाल कर्णले संविधानमा मधेशी, जनजाति, दलित लगायतका बहिस्कृत समुदायको अधिकार नसमेटिएको बताए । हालको संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको उनको भनाई छ । संविधान जारी भएपछि शुरु भएको ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट पनि अपूरो संविधानलाई पूर्ण बनाउन कुनै चासो राज्यले
नदिएको उनको आरोप छ ।
विरोध कार्यक्रममा नेजामुद्दिन समानी,सुन्दर कुर्मी, तबरेज अहमद, बासुदेव यादव, ईश्वर यादव, रबदुला खान, अंशु साह कानु, रुस्तम शेख, मनमोहन पाण्डे,
राष्ट्रिय विद्यार्थी संगठनका महासचिव ओमलोक पटेल लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




