किर्ते परिक्षा सन्चालन गर्ने २ जना महिला सहित २१ जना पक्राउ ।(भिडियो सहित)

बिरगंज , असोज १४ गते बुधबार ।

नेपाल प्रहरी तथा अनुसन्धान व्युरोले विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने २ जना महिलासहित ६ परिक्षार्थीगरी २१ जना पक्राउ परेका छन ।

पर्साको बिरगंज महानगर पालिका वडा न.१६ बाट बुधबार २१ जना पक्राउ परेका छन ।नक्कली प्रहरी

निरीक्षक बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा पर्सा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो।

गोप्य रुपमा यसरी परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा वडा प्रहारी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटिएको प्रहरीको टोलिले नक्कली प्रहरी निरीक्षक सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close