आइसोलेशनमा कोरोना संक्रमितलाई गुणस्तरहीन खाना खुवाएको समाचारप्रति खण्डन गर्दै विजयनगरको गम्भीर ध्यानाकर्षण

विजयनगर , १२ भदौ
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आइसोलेशन सेन्टरमा कोरोना संक्रमित व्यक्तिहरुलाई गुणस्तरहीन खाना खुवाएको समाचारपप्रति खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइसोलेशनमा गाउँपालिकाले नियमित रुपमा संक्रमित व्यक्तिको स्वास्थ्य बारे जानकारी लिने तथा नियमित तालिका पौष्टिक आहार खाना, खाजाकोसमेत व्यवस्था गरेको एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

यही शुक्रवार भदौ १२ गते प्रकाशित समाचारमा “हालै न्युज सेन्टर नेपाल नामक अनलाइन मिडियामा विजयनगरको आइसोलेशनमा कोरोना संक्रमितलाई गुणस्तरहीन खानामा सत्य–तथ्य नबुझी झुट र कपोकल्पित समाचार सम्प्रेषण भएको प्रति गाउँपालिका गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तीका उल्लेख गरिएको छ ।

यस्ता खाले झुट र भ्रामक समाचारले गाउँपालिका समग्र विकास र कोभिड–१९को रोकथामका लागि गरेका निरन्तर प्रयासहरु समेत ओझेलमा परी आम सर्बसाधारणमासमेत नकारात्मक धारणा सिर्जना गर्ने भएकोले गाउँपालिकासँग सम्बन्धि समाचार संप्रेषण गर्दा सत्य तथ्य बुझी आधिकारिक समाचार मात्र सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० रोगको रोकथाम तथा नियन्त्रणका लागि विजयनगर गाउँपालिका उच्च सर्तकताका साथ निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

आइसोलेशन सेन्टर सञ्चालन गरी गाउँपालिका तथा अन्य स्थानीय तहका संक्रमितहरुलाईसमेत निर्धारित माप दण्ड बमोजिम आइसोलेशनमा राखी हालसम्म ४६ जना संक्रमित निको भई डिस्चार्ज भइसकेको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस रोकथामका लागि पूर्ण रुपमा लागि परेको जनाउँदै सबै तह पछिल्लो चरणमा समुदाय स्तरमा गरिएको परिक्षण पश्चात् १० जना नयाँ संक्रमित आइसोलेन सेन्टरमा रहँदै आएकोसमेत विज्ञप्तीमा जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close