
शनिबारदेखि हराइरहेकी बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरीचौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।
लामो समयदेखि बेपत्ता बालिका बबइ सिंचाइ आयोजनाको नहरमा पाँचौं दिनमा बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन् । घरदेखि ५ सय मिटर पश्चिम नहरको अन्डर ग्राउण्डभित्र बालिकाको शव भेटिएको हो । पोष्टमार्टमका लागि शव बर्दिया अस्पताल पठाइएको प्रहरी निरीक्षक डमरपालले बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



