
पहिलो पटक डिसेम्बर २७ मा उत्तर पश्चिमी रसियाको प्लेसेत्सक अन्तरिक्ष वन्दरगाहबाट आन्गारा – ए५ रकेटको माथिल्लो भाग पर्सेइ वूस्टरलाई प्रक्षेपण गरिएको थियो ।
अठारौं स्पेश कन्ट्रोल स्टेसनले रकेटको माथिल्लो भाग पृथ्वीमा खसेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युरोपेली अन्तरिक्ष निकायले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा सो रकेटको भाग साढे सात किलोमिटर प्रति सेकेण्डको गतिमा झरेको बताइएको छ । तर भग्नावशेष कहाँ खस्यो भन्ने स्पष्ट हुन सकेको छैन ।
पृथ्वीको सतहमा पुग्ने भग्नावशेषको सुख्खा पिण्ड चार टन वरावरको हुने बताइएको छ । यो रकेट रुसी रक्षा मन्त्रालयले प्रक्षेपण गरेको हो । रक्षा मन्त्रालयले घटनाप्रति कुनै प्रतिक्रिया जनाएको छैन । यसरी नै दुर्घटना हुँदा गत मे महिनामा चीनको लङ मार्च ५ बी रकेटको साढे २२ टन भग्नावशेष माल्दिभ्स नजिकको हिन्द महासागरमा खसेको थियो ।




