पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव विसीले पत्रकार महासंघको सदस्यता त्यागे

पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव समेत रहेका अग्रज पत्रकार सहयोगी विसीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् ।

नेकपा एमाले अर्घाखाँचीले जिल्ला अधिवेशनको लागि प्रतिनिधी छनौट गरेपछि २५ बर्षको पत्रकारिताको यात्रा बाट विश्राम लिदै विसीले सक्रिय पत्रकारीताबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

२०५४ सालमा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका विसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका रहेनन् ।

शुरुदेखी नै पत्रकारीता र राजनीति फरक फरक पाटो भएकोले राजनीतिक नेतृत्वमा रहनेहरुबाट पत्रकार महासंघ अलग रहनुपर्छ भन्ने मान्यता राख्ने विसी दलाली चाप्लुसीमा कहिल्लै विस्वास राखेनन् । फलत राजनीतिक दलका नेताहरुले बाँडफाँड गर्ने पत्रकार महासंघको कुनै भूमिकामा पनि विसीलाई आवश्यक ठानिएन । तरपनि विसी अर्घाखाँचीका जनताको मनमुटुमा बस्न सफल बनिरहे ।

आज एमाले अर्घाखाँचीले अधिवेशन प्रतिनिधी चयन गरेसंगै विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्वोधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गरेका छन् । “नेपाल पत्रकार महासंघको बिधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको ब्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने बिधानमा ब्यबस्था भएकोले आजैको मितिदेखि लागु हुने गरि नेपाल पत्रकार महासंघको साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु ।” विसीले भनेका छन् “२०५४ सालदेखि मैले पत्रकारीता गर्दा देखि अहिलेसम्म मलाई हौसला साथ सहयोग समर्थनको निम्ति सबै सबै प्रती आभार व्यक्त गर्दै आजको दिन देखि नेकपा ( एमाले)को जिम्मेवार ब्यक्तिको रूपमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अठोट साथ जहाँ रहेपनी सत्य र इमान्दारीता लाई पछ्याई रहने छु। म अब पत्रकार नरहेको सबैमा जानाकारी गराउँदछु।”

सूचना तथा सन्चारबाट आफु टाढा रहन नसक्ने भन्दै विसीले औपचारिक रुपमा पत्रकार महासंघको सदस्य नरहेपनि बिगतमा गर्ने सामाजिक कार्यहरु अझ तिब्रताका साथ अगाडी बढाउने बताउदै विसीले आफ्नो फेसबुक वालमा आबश्यक लागेको कुरा पोस्ट गरि रहने प्रतिवद्धता जनाएका छन् ।

अर्घाखाँची जिल्लामा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्व सहित पत्रकारीताभन्दा बाहिर रहेकाहरुको बाहुल्यता छ । अर्घाखाँचीमा पत्रकार महासंघको सदस्यता थप्दा समेत क्रियाशिलताका आधारमा नभई दलीय आस्थाका आधारमा वितरण गर्ने गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close