
ग्रिनसिटि सामुदायिक केन्द्र आदर्शनगरले गरिबहरुको लागि १५० कम्बल बितरण गरे ।
बिरगंज , पुष ३० गते शुक्रबार ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले गरिब , रिक्सावाला , ठेलावाला र फुटपातमा जिवन बिताउदै आईरहेकाहरुलाई कम्बल वितरण गरेको छ ।
बढदै गएको चिसो र शितलहरले स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्ने उद्देश्यका साथ ग्रिनसिटी सामुदायिक सेवाले दातृ निकाय सिप्रदियन साहयता संस्थासँगको सहकार्यमा १ सय ५० जना गरिवहरुलाई शुक्रबार कम्बल वितरण गरेको थियो ।
कम्बल वितरण कार्यक्रम पछी शसस्त्र प्रहरी बल वीरगञ्जका प्रहरी उपरीक्षक राजेन्द्र खड्का पर्साबाट काठमाडौं सरुवा हुनु भएकोले उहालाई सो कार्यक्रम मै बिदाई गर्दै उनले जिल्लामा गरेको कार्यहरुको प्रसंसा गर्दै मायाको चिनो पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पर्सा प्रहरीका प्रमुख रमेश कुमार बस्नेत, प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, प्रहरी निरीक्षक पुरुषोत्तम कार्की, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ का प्रहरी निरीक्षक नितेश सिंह, सामुदायिक सेवा केन्द्र छपकैयाका-२ का अध्यक्ष हाजि ग्यासुदीन ठकुराई , रतन टेमानि , सन्जय शर्मा , त्रिलोकिचन्द दारुका, सञ्चारकर्मी अजित भुजेल र सन्तोष रञ्जितकार लगायतको उपस्थिति रहेको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनु भयो।




