
वीरगंज-मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका नेता सुमन पटेल रिहा भएका छन ।
मधेश प्रदेशको राजधानी जनकपूर बनाएको विरोद्धमा मङ्गलबार नेपालि काङ्ग्रेस वीरगंज महानगरले गरेको मोटरसाईकल र्यालीको क्रममा पटेलले वीरगंज १३ टोलस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्दा झ्यालका सिसा फुटेको थियो ।
प्रहरीले सिसिटिभीमा कैद भएको भिडियोज फोटोजको अधार पटेललाई पक्राउ गरेको थियो । उनि बुधबार रिहा भए लगतै नेविसंघ पर्साले फूलमाला लगाएर स्वागत गरेको छ ।
नेवि संघका केन्द्रीय सदस्य सुधिर पटेलको नेतृवमा रहेका तरुण दलका जिल्ला सदस्य बिबेक कलवार लगायतले उनाई फूलमाला लगाई स्वागत गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस