
सदभाव समिति बिरगंजद्वारा १८९ औं सप्ताह निरन्तर निसुल्क भोजन बितरण गर्दै ।
बिरगंज , माघ ०८ गते शनिबार ।
सदभाव समिति बिरगंजद्वारा सन्चालित निसुल्क भोजन कार्यक्रमको आज १८९ औं सप्ताह पुगेको रमेश जाटियाले पर्सा पोस्टलाई जानकारी दिनु भयो।
सदभाव समिति बिरगंजले बिरगंजको आदर्शनगर चौकमा गरिब , असाहयहरु , घरबार बिहिन , सडकमा दैनिक जीवन गुजार्दै आईरहेका बेसहाराहरु र दैनिक रुपमा रिक्सा , ठेला चलाउनेहरुलाई हरेक सप्ताहको शनिबार बिहानको खाना ३०० देखि ३५० जनालाई पुग्ने खानाको प्याकेट बितरण गर्दै आईरहेको जाटियाले बताउनु भयो।
निसुल्क खाना बितरण निरन्तर हरेक सप्ताहको शनिबार बितरण गर्दै आईरहेको र यस कार्यमा अहिले सम्म कसैबाट सहयोग नआएको र हामी साथी भाइ मिलि यसको व्यवस्थापन गर्दै आईरहेको र निरन्तर चलि नै रहने जाटियाले बताए ।
निसुल्क खाना कार्यमा आज उपस्थित भैइ सहयोग गर्नु हुनेमा रमेश जाटिया , तुषार जाटिया , आयुष जाटिया , राज पटेल , अभिषेक हिसारिया , सशान्क केडिया , माधव अग्रवाल रहेका थिए ।




