श्री शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रा.प्र.पा. का नेतृ बिना जैसवाल निर्वाचित।

श्री शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रा.प्र.पा. का नेतृ बिना जैसवाल निर्वाचित।

अभिलाष गुप्ता
वीरगन्ज महानगरपालिका वार्ड न.२४ स्थित बहुवारी टोलमा पर्ने श्री शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रा.प्र.पा. का नेतृ एवम् सबिधान सभा सदस्य बिना जैसवाल निर्बिरोध निर्वाचित भएकी छिन। बिना जैसवालका अनुसार अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुँदा आफूलाई थप जिम्मेवार महसुस गरेकी छु।यस पद तथा जिम्मेवारी प्रति सदैव सम्पूर्ण निष्ठाका साथ तात्पर्य रहने प्रतिबद्धता जाहिर गरेकी थिईन।

सो कार्यक्रममा अतिथिको रुपमा बिरगंज महानगरपालिका वार्ड नम्बर २०, २४, २६, र २७ का वार्ड अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो भने विद्यालय प्रशासनका पदाधिकारीहरु, समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने गाउँ नगरकाहरु एवम् टोल बासीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सोको जानकारी रा.प्र.पा का युवा नेता मनोज मिश्राले बताउनु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close