कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण सम्पन्न, प्रहरी–जनता साझेदारीमा जोड

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण सम्पन्न, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्ताले चोरी नियन्त्रणका प्रभावकारी उपाय, आवश्यक सुरक्षा सतर्कता तथा समुदायस्तरीय सचेतनाका विषयमा प्रशिक्षण दिएका थिए।

प्रहरी निरीक्षक गुप्ताले चोरीका घटना न्यूनीकरण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रहरी–जनता साझेदारी (Police–Public Partnership) को भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। समुदायको सक्रिय सहभागिता, समयमै सूचना आदान–प्रदान तथा पारस्परिक सहकार्यबाट चोरी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।

समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close