
यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् । साझा विज्ञप्तिमा भनिएको छ, ‘परमाणु युद्ध जित्न सकिँदैन र युद्ध गर्न नहुने हामी मान्छौँ ।
परमाणु हतियारको प्रयोगको परिणाम लामो समयसम्म रहन्छ, यसर्थ यसलाई आत्मरक्षाका लागि, तनाव कम गर्न र युद्ध रोक्ने उद्देश्यबाट प्रयोग गर्नुपर्ने हामी मान्छौँ ।’ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनका उप विदेश मन्त्री मा जाओक्सुले संयुक्त विज्ञप्तिले आपसी विश्वास बढाउन सहयोग गर्ने र समन्वय–सहयोगले ठूला शक्तिबीच प्रतिस्पर्धालाई परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
चीनले परमाणु हतियारलाई लिएर ‘नो फर्स्ट युज’ अर्थात् (पहिले प्रयोग नगर्ने) नीति लिएको छ । फ्रान्सले पनि एक विज्ञप्ति निकालेर पाँच देशले परमाणु हतियार नियन्त्रण र निरस्त्रीकरणका लागि आफ्नो दृढ सङ्कल्पलाई दोहोर्याएको बताएको छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय प्रयास चलिरहने फ्रान्सकाे भनाइ छ ।




