
अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन् । ३२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
१९ तले भवनको दोस्रो र तेस्रो तलामा आगलागी भएकोमा धुवाँले गर्दा सबै तलमा आगलागीको प्रभाव परेको छ । आगोको मुस्लो र धुवाँमा निसास्सिएर धेरैको ज्यान गएको न्युयोर्कका मेयर एरिक एडम्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
आगलागीको घटना ३० वर्षयताकै खराब भएको उहाँले बताउनुभयो । स्थानीय समय अनुसार राति ११ बजे आगलागी भएको हो ।विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अग्नी नियन्त्रकहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
आगो निभाउन झण्डै दुई सय अग्नी नियन्त्रकहरु खटिएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




