दिल्लीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी हुनेछन् सार्क पत्रकार फोरम बिहारका अध्यक्ष वरिष्ठ पत्रकार शशि भूषण

दिल्लीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी हुनेछन् सार्क पत्रकार फोरम बिहारका अध्यक्ष वरिष्ठ पत्रकार शशि भूषण

विश्वभर हिन्दीको विस्तार र प्रवर्द्धनका लागि कार्यरत चर्चित संस्था विश्व हिन्दी परिषद द्वारा २०२५ नोभेम्बर २१–२२ मा नयाँ दिल्लीको विज्ञान भवनमा दुईदिने अन्तर्राष्ट्रिय हिन्दी सम्मेलन आयोजना हुँदैछ। जहाँ भारत–विदेशका विभिन्न देशका विद्वान, साहित्यकार तथा पत्रकारहरू सहभागी हुनेछन्।

यस सम्मेलनमा लोकतन्त्रको प्रथम धरती कहलिने वैशालीका सुपुत्र तथा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष वरिष्ठ पत्रकार शशि भूषण कुमार सहभागी हुनेछन्। वरिष्ठ पत्रकार शशि भूषण कुमार विश्व हिन्दी परिषदका राष्ट्रिय कार्यकारिणी सदस्य मात्र होइनन्, उनलाई दिल्लीमा हुने दुई अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनका आयोजन समिति सदस्यको रूपमा पनि मनोनयन गरिएको छ।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा नीदरल्यान्डबाट डा. ऋतु शर्मा नन्दन पाण्डे, युनाइटेड किङडमबाट वन्दना खुराना, चीनबाट एसोसिएट प्रोफेसर डा. विवेक मणि त्रिपाठी, अष्ट्रेलियाबाट डा. मृदुल कीर्ति, अमेरिकाबाट डा. दुर्गा सिन्हा ‘उदार’ तथा कादम्बरी शंकर आदेशजस्ता प्रतिष्ठित व्यक्तिहरूको सहभागिताले सम्मेलनलाई गरिमामय बनाउनेछ।

त्यसैगरी बिहारबाट मानवाधिकार टुडेका सम्पादक तथा सार्क देशहरूमा चर्चित वरिष्ठ पत्रकार डा. शशि भूषण कुमार, महात्मा गान्धी केन्द्रीय विश्वविद्यालय मोतिहारीका पूर्व कुलपति प्रो. संजीव कुमार शर्मा, पूर्वी चम्पारणका डा. नन्द किशोर साह, शिक्षाविद राहुल कुमार प्रभात, समाजसेवी बबिता राय तथा छात्र नेता आदिल परवेज पनि सहभागि हुनेछन्।

यसका अतिरिक्त भारतका विभिन्न राज्य तथा अन्य देशहरूबाट नामी विद्वान, साहित्यकार, पत्रकार तथा अनुसन्धानी विद्यार्थीहरू समेत सम्मेलनमा सहभागी हुनेछन्।


 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close