पत्रकार महतो र अलि कृयाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित ।

बिरगंज , असार २२ गते मंगलवार ।

गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा आज पर्साका पत्रकार माधुरी महतो र ईर्फान अलिलाई कृयाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । दुई जनालाई नगद र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो।

गिरिजा प्रसाद कोईराला फाउन्डेसन पर्साको आयोजनामा आज नेपाल पत्रकार महासघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच बिरगंज महानगर पालिकाका उपप्रमुख शान्ती कार्कीले बिबिसी पर्साका सम्बादाता माधुरी महतो र ग्यालेक्सि फोर टेलिभिजन पर्साका सम्बादाता ईफ्रान अलिलाई नगद सहित सम्मानपत्रले सम्मानित गरेको थियो ।

फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनकि अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसि लामिछाने , प्रदेश न.२ का महासचिव श्याम बन्जरा , पर्सा अध्यक्ष अनुप तिवारी , फाउन्डेसनका पदाधिकारीहरु र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close