जसपा वीरगंज महानगर कमिटिद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन(भिडियो सहित )

जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई कोभिड-१९ को महामारीका कारण स्थानिय जनताले भोग्नु परेको समस्यालाई केन्द्र सरकार प्रदेशसरकार र स्थानिय सरकारको ढिलासुस्तीले जनता आत्म हत्या समेत गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितिको तर्फबाट सो ज्ञापनपत्र बुझाइएको थियोे ।

सो कार्यक्रममा महानगर अध्यक्ष लियाकत अली , जिल्ला अध्यक्ष राजेश मान सिंह , उपाध्यक्ष मदन यादव , केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ , सिपु तिवारी नेताहरू मुकेश दुबेदी , सलाउद्दीन मंसुरी , शशी पाण्डे , मुना सोनी, केदार साह, प्रमोद यादव महानगर कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता , सोनु कुमार पटेल ,संदीप पटेल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close