के अबको राजनीति नेतृत्वमा युवा को खाचो छ त के भन्छन युवा नेता कृष्ण दर्शन

नेपालको संविधान २०७२ले प्रतिनिधिमुलक डेमोक्रेसीका मुलभुत मान्यता अंगिकार गरेको छ ।
त्यसअनुसार नेपालको कुल जनसंख्याको बहुसंख्यक क्षेत्रमा योगदान गरेको युवा पुस्ता नै यो वयवस्थाको नेतृत्वमा हुनुपर्ने हो।

कुल जनसंख्याको ४० प्रतिशत भन्दा माथी १८-४० वर्षका युवाहरुको समूह रहेको छ ।आज हामिले बिकसित मानेका मुलुकले यस्तो उमेर समुहलाई आफ्नो समयमा देश विकासको मेरुदण्डका रुपमा प्रयोग गरेका थिए ।नेपालको परिवर्तनको मुख्य लडाकु समुहका रूपमा रहेको युवा समूह राजनीतिको मुल प्रवाहबाट बाहिर फालिएको छ। अल्पसंख्यक वृद्धहरुले आफू युवा छँदा देशलाई लगाएको साँवामा ब्याजको पनि स्याज खाएर सत्तालाई होल्ड गरिरहेका छन ।

युवा समूह त्यसको साक्षी मात्र हुन बाध्य छन । मैले यो उमेर समुह लाई नै किन महत्त्व दिएर भनिरहेको छु भने आज देशका तमाम समस्या यहि उमेर समुहका युबाले ल्याएका परिवर्तनका छालहरु सँग वृद्ध नेतृत्वहरु डराएका कारण भइरहेका छन ।

ग्रिसका दार्शनिक जेनोफोनका अनुसार घोडालाइ भगवानको चित्र बनाउन दिने हो भने उसले आफ्नो जस्तै रुपको भगवान बनाउने छ ।दार्शनिक जेनोफोनको यो भनाइलाई मान्ने हो भने डेमोक्रेसी बहुसंख्यक युवाहरूको प्रतिनिधित्व अल्पसंख्यक वृद्धहरुले गर्न सक्दैनन् । युवाहरु सँगै आएका आधुनिक युगका मुद्दाहरूको नेतृत्व अहिलेको राजनीतिक नेतृत्वले गर्न नसकेका कारण पटकपटक देशले युगिन संकटसँग जुध्नु परेको छ ।

दार्शनिक कार्ल माक्र्सको भनाइमा एउटा समाज कस्तो छ भन्ने बुझ्न त्यसको राजनीति अथवा संस्कृति हेर्नुभन्दा त्यसको अर्थशास्त्र हेर्नुपर्छ । विगत दुई शताब्दी देखि नेपालको अर्थतन्त्रको मेजर हिस्सा रेमिट्यान्स रहँदै आएको छ । त्यसैगरी रेमिट्यान्सको मेजर हिस्सा युवा पुस्ता नै हो भन्ने कसैले छिपाएर ,लुकाएर ,बहाना बनाएर लुक्दैन ।

सरकारको आधिकारिक तथ्यांकमा ४० लाख युवा बिदेशमा रहेको देखिए पनि अनधिकृत रूपमा विदेशमा रहेर रेमिट्यान्स पठाउने युवाहरु पनि हाराहारी ३० लाख रहेको अनुमान गरिएको छ । देशले तत्काल भोगेका ठुल्ला समयमा भुकम्प ,बाढिपहिरो , कोभिड १९ को महामन्दिमा पनि युवा समुदायले आफ्नो दायित्व भुलेको छैन ,लगातार पैसा देशमा पठाइरहेकै छ ।

वि . सं २०५१ सालको एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो बुढ्यौली व्यथा बुझेर सय रुपैयाँ भत्ताको प्राबधान सुरु गरे । हामिले माथी नै भन्यौं कि संसारका मुख्य परिवर्तनमा युवा समुदायले निर्णायक भुमिका खेलेको इतिहास साक्षी छ । बाकी अर्को भाग को प्रतीक्षा गर्नुस साथै कस्तो लाग्यो कमेन्ट गर्दै गर्नुस ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close