
वीरगंज, पर्सा
पर्सा जिल्लाको चर्चित पत्रकार प्रतिक दैनिक का समाचार सम्पादक, रेडियो वीरगंज तथा टि.भी वीरगंज मा कार्यरत आर.के पटेल धोबिनी गाउँ पालिका का को उपाध्यक्ष पदमा निम्न योजना सहित उमेदवारी दिने जनाएका छन्।
१) समस्या/मुद्दा –
विगतको स्थानीय निर्वाचनमा निर्वाचित दलका प्रतिनिधिहरु आम-जनता प्रति होइन आफ्नो पार्टिप्रति जवाफदेही भए, ९० प्रतिशतको समय पार्टिको प्रचार-प्रसार, बैठक-मिटिङ-महाधिवेसन, केन्द्रिय-क्षेत्रिय-जिल्लाका नेतृत्वको आदेश पालना गर्नमा समय खर्चिय।
समाधान –
स्वतन्त्र व्यक्तिले चुनाव जितेमा न कुनै पार्टिको बैठक-मिटिङ-महाधिवेसनमा जानु पर्छ न कुनै केन्द्रिय-क्षेत्रिय-जिल्लाका नेताहरुको दबाव झेल्नु प्रर्दछ। फलस्वरुप आफ्नो सम्पुर्ण ध्यान स्थानीय निकायका समस्या, बिकासका गतिबिधि र आम-जनचासो सम्बोधन गर्नमा समय खर्चिन्छ।
२) समस्या/मुद्दा –
बिश्वका प्राय देशहरुमा स्थानीय तहमा राजनितिक दलको नभै स्वतन्त्र, सक्षम, सबल व्यक्तिहरुले स्थानीय बिकासको मोडेल-एजेन्डा सहित उम्मेदवारी दिन्छन र तिनै मोडेल-एजेन्डाका आधारमा मतदाताले मत दिन्छन। तर, नेपालमा यस्तो प्रयोग गरिएको छैन।
समाधान –
नेपालमा पनि फरक-फरक भौगलिक बनावट, सामाजिक-साँस्कृतिक-धार्मिक-परम्परा रहेकाले स्थानीय जन-अपेक्षा अनुरुपका मुद्दा-एजेन्डा-मोडेल हुन सक्ने भएको हुँदा केन्द्रिकृत राजनैतिक धारा-विचार-सिद्धान्तले काम गर्दैन। त्यसकारण स्थानीय तहमा फरक-फरक अभ्यास, मोडेल र भिजन सहितको बिकास गर्न सक्ने स्वतन्त्र, सक्षम व्यक्ति चाहिन्छ।
३) समस्या/मुद्दा –
हालको स्थितीमा देशका राजनितिक पार्टि र पार्टिसंग आबद्ध कार्यकर्ताले अर्को पार्टिको कुरा नसुन्ने, सहकार्य नगर्ने, राम्रो कामको पनि आलोचना गर्ने बानीले गर्दा स्थानीय तहको बिकासमा भाँजो हाल्ने परम्परा रहेको छ।
समाधान-
स्वतन्त्र व्यक्ति कुनै पार्टिको प्रतिस्प्रधि होइन र उस्ले कुनै एक राजनैतिक पार्टिको पक्षपोषण गर्दैन वा समर्थन गर्दैन। बरु उस्ले सबै पार्टि, व्यक्ति र संघ-संस्थालाई सम्मान रुपले सहयोग गर्दछ र सबैलाई साथ लिएर अगाडी बढ्छ।
४) समस्या/मुद्दा –
पार्टिका जनप्रतिनिधिले स्थानीय चुनाव जितेमा केन्द्रिय-क्षेत्रिय-जिल्ला र स्थानीय पार्टि कार्यकर्ताको दवाफ हुन्छ जस्ले गर्दा स्थानीय निकाएमा हुने सराकारी-गैरसरकारी वा करार नियुक्ति, साना-तिना बिकास निर्माणमा हुने ठेका-पट्टा वा अन्य कुनै बिकास समितिमा आफ्ना आसेपासे वा पार्टि समर्थकलाई प्राथामिकता दिनुपर्ने भएकोले भ्रष्टाचार बढछ, समयमा काम सकिदैन, गुणस्तरमा सम्झौता गर्नु पर्ने हुन्छ।
समाधान-
स्वतन्त्र व्यक्तिले चुनाव जितेमा न कुनै पार्टि नेताको दबाफ झेल्नु पर्दछ न कुनै स्थानीय कार्यकर्ताको अपेक्षा हुन्छ। स्वतन्त्र उम्मेदवारले मात्र स्थानीय निकायमा हुने सराकारी-गैरसरकारी वा करार नियुक्ति, साना-तिना बिकास निर्माणमा हुने ठेका-पट्टा वा अन्य कुनै बिकास समितिमा स्वच्छ, इमान्दारी र प्रतिस्पर्धाको माध्यमले नियुक्ति गर्न सक्दछ।




