युवा जमातमा लोकप्रिय बन्दै क्षेत्र नं १(ख)का उमेदवार रामनारायण कुर्मी

बीरगंज,पर्सा

पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) का बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी युवा माझ लोकप्रिय बन्दै गएका छन् । प्रदेश सभा सदस्यकाउम्मेदवार कुर्मी लाई युवादेखि महिला एवम् बृद्धबृद्धाहरुले पनि समर्थन जनाइरहेका छन् ।

त्यसतै बीरगंज महानगरपालिका वडा नं १६ (इनर्वा)का युवाहरु पनि रामनारायण कुर्मी को समर्थन मा उत्रेका छन्।

यस क्षेत्र बाट निर्वाचित भएका मुख्य मन्त्री लालबाबु राउत गदि को बितृष्णाका कारण नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार कुर्मी प्रति आकर्षण बढेको हो । देशको मेरुदण्ड भनिने युवालाई विशेष प्रथामिकता दिएर विभिन्न किसिमका योजना ल्याउने उनको योजना र नयाँ अनुहार भएका कारण पनि उनीप्रतिको आकर्षण बढेको हुन सक्ने आंकलन गरिएको छ ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका कुर्मीले राजनीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो लोकप्रियता हासिल गर्न सफल भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ भनि आफ्नो भनाइ राखेका थिए।

साथै कुर्मीले भने म निर्वाचित भएपछि पुरुष सँग मात्र होइन महिलाहरु सँग पनि भेटघाट गर्ने र महिलाहरु लाइ स्वरोजगार बनाउन को सिप मुलक तालिमहरु संचालन गर्ने र निर्वाचन क्षेत्र नं १(ख) को क्षेत्र मा पर्ने प्रत्येक वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने, बिधालयहरु को स्तरोन्नति गर्ने,नगवा मा रहेको स्कुल लाइ‌ प्राबिधिक स्कुल बानउने, साथै आवश्यकता अनुसार प्राबिधिक स्कुल बनाउदै जाने महिलाहरु को बिच मा प्रतिबद्धता गरेका हुन्।

साथै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउतले जितेर पनि बिकास को लहर नदेखिएको ले अब आउदो मंसिर ४ गते को हुने संघिय तथा प्रदेश सभाको चुनावमा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीलाइ नेपाली काँग्रेसको चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरी विजय बनाउन हामि एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close