नागरिकता संसोधन बिधेयक खारिजको माग गर्दै नेपाली कांग्रेसद्वारा धोबिनीमा बिरोध प्रदर्शन

राजन कुमार बानिया
लंगडी १३ असार
नागरिकता संसोधन बिधेयक खारिजको माग गर्दै धोबिनि गाउँपालिका वार्ड न.४ लंगडीमा नेपाली कांग्रेस ले बिरोध प्रदर्शन गरेको छ । नेकपाले विदेशी महिला संग विवाह गर्दा ७ वर्ष पछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।

संघिय लोकतान्त्रिक गणतन्त्र भई सकेको वर्तमान परिवेशमा यो निर्णय अलोकतान्त्रिक तथा निरङ्कुशताको प्रतिक भएकोले यो निर्णयको घोर भत्सर्ना गरिएको छ । यस निणर्यले मधेस र मधेसी प्रतिको विभेद तथा दमनलाई उजागर गरेको छ। महिला प्रतिको लैङ्गिक भिन्नता र समानताको सवाललाई खिल्ली उडाऐको छ ।

तसर्थ यस्ता विभेदकारी निणर्य गरि आपसी सदभाव र निरङ्कुशताको उजागर गर्नु बाहेक अरु केहि नभएको । देश बिपत्तिको सामाना गरिरहे अवस्थामा केपि ओलि सरकारले विभिन्न बहाना र खोकोलो राष्ट्रवाद देखाउने र मधेस र पहाड बिच दुरि कायम गरि राजनीति सफल पार्न देशमा गृह युद्ध निम्तियाउने खेल भएको नेपाली कांग्रेस का नेता बसिस्टनारायण कुर्मीले बताए ।

कुर्मीको नेतृत्वमा भएको बिरोध कार्यक्रममा विभिन्न नारा जस्तै बैवाहिक अङ्गकृत नागरिकताको ७ बर्से प्रवधान खारेज गर, महिला संगको विभेद अन्तय गर, रोटी बेटीको सम्बन्ध बिगार्न पाईदैन, मधेसी माथिको अत्याचार बन्द गर र केपी ओलि सरकार मुर्दाबाद लगायतको नाराबाजी गर्दै लंगडी चौकमा कोणसभामा प्रणित भएको थियोे ।

बिरोध कार्यक्रम मा धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, नेपाली कांग्रेस का युवा नेता धर्मेन्द्र पटेल, वार्ड अधयक्ष मजिद मिया, राजकिसोर पटेल, बलिस्टर मिया, कमल ठाकुर,लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close