
मन्त्री भुसालले विद्युतको खपत बढाएर देशको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताउनु भयो । उहाँले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भयो ।अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं ।
जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’ मन्त्री भुसालले सरकारले विद्युत् बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




