प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।  बैठकको कार्यसूची तय गर्ने विषयमा छलफल गर्न बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close