
राहुल गुप्ता
हिजो सोमबार का दिन वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौमा वर्षा को पानी निकाश सम्बन्धमा लिएर बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह को नेतृत्वमा नगर प्रहरी समेत को टोली पुगी स्थानियबासी ज्येष्ठ नागरिक नेपाली काँग्रेसका वीरगन्ज महानगरपालिका वडा नं १७ अलौं वडा इकाई कार्य समितिका सभापति शिव ओम लामिछाने लाई महानगर प्रमुख सिंहले कालर समातेर तत मम गरि वुजुर्ग व्यक्ति माथी अभद्ग व्यवहार गर्दै उहा कै छोरा शुदर्शन लामिछाने लाइ नगर प्रहरीले हातपात गरी टाउको फुटाएको थियो।महानगर प्रमुख सिंह र नगर प्रहरी माथि कार्वाहीको माग गर्दै नेपाली कांग्रेस पर्साका नेता नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मि,पुर्ब मन्त्री ओम प्रकाश शर्मा,युवा नेता रामनिवास यादव,जेपी ठाकुर लगायत स्थानियहरु आइसिपी बाटोमा रिले अनसनमा समेत बस्दै आएका छन। घटना प्रती आलोचना गर्दै नेपाली कांग्रेस पर्साले प्रेस विज्ञप्ती जारी गरेको छ।
नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे द्वारा जारी विज्ञप्तीमा शिवम लामिछानेका छोरा सुदर्शन लामिछाने लाई नगर प्रहरी ले अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्सा घोर निन्दा गर्नुको साथै खेद प्रकट गरेको जनाएको छ ।
त्यस्तै उक्त घटना को निष्पक्ष छानविन गरी दोषि माथि कार्यवाही गर्न स्थानिय प्रशासन संग जोडदार मांग समेत प्रेस विज्ञप्ती द्वारा गरिएको छ ।




