
फर्कियो सरहद फर्किन बाँकी छ अझै सतह।
राष्ट्र स्मिथ र लोरिङ व्यरिङ्टनको अनुसार राष्ट्र भनेको कुनै निश्चित ऐतिहासिक नामसहितको भूखण्डभित्र बसोबास गर्ने निश्चित सामूहिक नामधारी जाति वा मानव समुदाय नै राष्ट्र हो । यता स्टालिनले भने कुनै पनि निश्चित भूगोलभित्रको साझा इतिहास, साझा अर्थतन्त्र, साझा भाषा र साझा मनोविज्ञानको केन्द्रीकृत वा सङलो रूपलाई राष्ट्र वा जाति भनेर परिभाषित गरेका छन ।
राष्ट्र निश्चित सिमाले बाधिएको एक भुगोल हो जहाँ विभिन्न जाती र मानवीय मुल्यमान्यता जिवित रहन सक्छ भन्न सकिन्छ। राष्ट्र निर्माण र बिकासको जवर्जस्त इतिहास सोर्हौ शताब्दिबाट सुरु भएको पाइन्छ।सत्रौ शताब्दी मध्ये सम्म आइपुग्दा विश्वमा दुइ क्रूर राष्ट्रवादको बिकास भएको थियो।ति हुन जापानी सम्राज्य र बेलायती सम्राज्य।यि दुइ सम्राज्यले आफ्नो सरहद यसरी बिकास गरे कि बिश्वभर यिनिहरु राज्य कहलाउन थाले।
जापानलाइ उछिन्दै बेलायत संसार निल्न खोजेको बिषालु नाग जसरी अगाडी बढ्यो अमेरीका युरोप जम्मै निल्दै गयो त्यहाँ विश्वका ठुलठुला बादशाह नेपिलिएयन देखि अलेकजेण्डर सम्म्ले पनि बेलायतको उपनिवेश छेक्न सकेनन् र आफ्नो अधिकार बिस्तार गर्दै गयो।त्यही सिलसिलामा बिस्तारै उसको गिद्देनजर एसीयामा पनि पर्न थाल्यो त्यसको गम्भीर मारमा दक्षिण एसीया पर्यो दक्षिण एसीयामा इङ्गल्याण्ड ब्यापारीक कम्पनीको नाममा प्रवेश गरेको थियो जति खेर नेपालमा बाइसे चौबिसे राज्य थिए र भारतमा मुगलको शाशन रहेको कुरा आज पनि इतिहासमा प्रष्ट पाइन्छ।
इङ्गल्याण्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ डिसेम्बर, १६००) “द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज’को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो।
यसलाई यदाकदा जोहन कम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई ब्रिटेनकी महारानीले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले भारतका प्रायः सबै क्षेत्रहरूमा आफ्नो सैनिक तथा प्रशासनिक आधिपत्य जमायो र भारतमा पनि बेलायती उपनिवेश लादियो जुन १८५७ को प्रथम स्वतंत्रता संग्राम अथवा सिपाही विद्रोहपछि सन १८५८मा मात्रै यसको विलय भयो।जव जव भारत प्रवेश गर्यो ब्यापारीक कम्पनिले उ त्यहाँ मात्रै रोकिएन उसको प्रवेश बिस्तारै हिमालय तिर हुन थाल्यो।(हिमालय तपोभुमी सर्बोच्च शिखरको भुमी बुद्ध जन्मेको भुमी यो शिरमोणिय भुमी नेपाल) भक्ती थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता योद्धाहरुको देश नेपाल, स्वतन्त्रता जिवित राख्न माथी योद्धाहरुको यसमा योगदान रह्यो ।भक्ति, अमरसिंह र बलभद्रहरुको सामुहिक नेतृत्वमा नेपालको सीमा पश्चिममा सतलज नदी पारि काँगडासम्म पुग्यो तर सतलजभन्दा अगाडि जान सकेनन् ।
उनीहरुको देश विस्तार पश्चिममा यहीँ समाप्त भयो ।
त्यति नै बेला तराईपट्टिको इलाकामा अंग्रेजहरुसित नेपालको सीमा विवाद सुरु भएको थियो। नेपालमा सिमा विवाद बढ्दै जाँदा खुद्रा लडाइँहरु हुन थाले । इष्ट इन्डिया कम्पनी तिब्बतमा व्यापार गर्न चाहन्थ्यो । तर, पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म नेपालले तिब्बतलाई ढाकेको थियो । उनीहरु तिब्बत पस्न नेपाली भूभाग हात पर्नु अनिवार्य भयो । त्यसैले इष्ट इन्डिया कम्पनीले नेपाललाई भारतजस्तै उपनिवेश बनाउन निर्णायक लडाइँको घोषणा गर्यो ।
अंग्रेजले १८१४ नोभेम्बर १ देखि नेपालमाथि आक्रमण सुरु गरे । नेपाल-अंग्रेजबीच पाँचवटा किल्लामा लडाइँ भयो, महाकालीपारिका दुई र महाकाली पूर्वका तीनवटा । महाकालीपूर्व नेपालले आफूलाई अडिक राख्यो । अंग्रेज छिर्नै सकेनन् । पश्चिमपट्टकिो लडाइँ भने नेपालले हार्यो ।पश्चिमको लडाइँमा बम शाह भन्ने नेपालका एक प्रभावशाली सैनिक कमाण्डरले शंकास्पदरुपमा आत्मसमर्पण गरे ।
यो खबर पाएपछि कुमाउमा रहेका नेपाली सेनापति अमरसिंह थापा हतास बने । नेपाली पक्षले तत्कालै युद्ध स्थगित गर्ने प्रस्ताव अंग्रेजसित गर्यो । अंग्रेजका सेनापति अक्टर लोनी थिए । वार्तालापपछि सन् १८१५ को मे १५ मा अमरसिंह थापा र अक्टर लोनीबीच सम्झौता भयो । उक्त सम्झौताबाट महाकालीदेखि सतलजसम्मको क्षेत्र नेपालले गुमायो ।यता पूर्वतर्फ नेपाल टिस्टादेखि ७० किलोमिटर पूर्व नगरकट्टासम्म पुगिसकेको थियो । सिक्किमको तीन चौथाइ भाग नेपालतर्फ थियो ।
अंग्रेजले नेपालविरुद्धको लडाइमा सिक्किमका राजाले सघाएमा उनलाई सिक्किमको गुमेको भाग फिर्ता गरिदिने वचन दिएको थियो । यता नेपालगञ्ज साइडपट्टि अवध भन्ने राज्यको नवाबसित उनीहरुले युद्ध लड्नका लागि दुई वा तीन करोड भारु (कुनै किताबमा दुई र कुनैमा तीन करोड लेखिएको छ) ऋण लिएका थिए । नेपालसित युद्ध जितेर उक्त रकम वापतको जमीन अवधलाई दिने समझदारी भएको थियो ।
अमरसिंह र अक्टर लोनीबीचको सेनापति स्तरको सम्झौताबाट बेलायतले चित्त बुझाएन । युद्धमा हारेको नेपालबाट उसले अझै धेरै कुरा चाहेको थियो । त्यसैले १८१५ को डिसेम्बर २ मा बेलायतले नयाँ सन्धीको प्रस्ताव पठायो । अमरसिंह र अक्टरलोनी बीच भएको सम्झौतामा टेकेर सन्धी गरिएको भए न्यायोचित हुन्थ्यो, किनकि नेपालले लडाइँ हारेको पश्चिममा मात्रै हो पूर्वमा होइन ।तर, बेलायतले पूर्वको टिस्टादेखि पश्चिम महाकालीसम्मको सम्पूर्ण तराईमाथि दावी गर्यो ।
सन्धीमा उल्लेखित अंग्रेजी वाक्यांश यस्तो छ, ‘द किंग अफ नेपाल सेडेस द होल लोल्याण्ड बिटविन मेची एन्ड टिस्टा, कोशी एन्ड गन्डक, गण्डक एन्ड राप्ती, राप्ती एन्ड काली ।’बेलायतले सही गरेर पठाएको सन्धीमा नेपालका राजाले १५ दिनभित्र सही गर्नुपर्ने भनिएको थियो । तर, यति ठूलो भूमि गुम्ने भएपछि दरवारभित्र विवाद आयो । कसैले सही गरौं भने कसैले नगरौं भने । नेपालका राजा गिर्वाणयुद्ध विक्रम शाह सानै थिए भने प्रधानमन्त्रीमा शक्तिशाली भीमसेन थापा थिए ।
बेलायतले भनेको अवधि अलमलमै बित्यो ।नेपालले सही नगर्दा बेलायत सशंकित बन्यो । नेपालले अर्को लडाइँ लड्न खोजेको निश्कर्षका साथ उसले मकवानपुर साइडबाट फेरि आक्रमण सुरु गर्यो । त्यो लडाइँमा हामी हार्दै गयौं । उनीहरु काठमाडौं पुग्ने योजनाका साथ अघि बढेपछि शासकहरु हच्किए । अन्ततः उक्त सन्धीमा हस्ताक्षर गर्न तयार भए ।नेपालले आफ्नो तर्फबाट सही गरेर कम्पनी सरकारका लागि नेपाली राजदूत चन्द्रशेखर उपाध्यायको हातमा थमायो ।
उनले मकवानपुरको छाउनीमा लगेर सन्धीपत्र ब्रिटिशलाई बुझाए । बेलायतले नेपाललाई पठाएको ९३ औं दिन सन् १८१६ को मार्च ४ मा नेपालले हस्ताक्षर गरेर बुझाएको सन्धी नै सुगौली सन्धी हो ।यो सन्धीको सक्कलप्रति अहिलेसम्म फेला परेको छैन ।तर पछि
सन् १८५७ मा भारतको लखनउमा अंग्रेज उपनिवेशविरुद्ध सिपाही विद्रोह भयो ।
भारतीयहरु यसलाई स्वतन्त्रताका लागि भएको पहिलो लडाइँका रुपमा लिन्छन् । ब्रिटिश सेनामा रहेका भारतीय नागरिकले गरेको विद्रोह दबाउन अंग्रेजलाई हम्मे पर्यो । राणा प्रधानमन्त्री जंगबहादुरले सुरुमै विद्रोह दबाउन सहयोग गर्ने प्रस्ताव गरेका थिए, तर ब्रिटिशले मानेनन् । केही नलागेपछि उनीहरुले आफैं जंगबहादुरलाई गुहारे । जंगबहादुरले गोर्खा सैनिक लगेर लखनउको सिपाही विद्रोह दमन गरे ।
यसबाट अंग्रेज प्रसन्न भएर सोधे, ‘यसको बदलामा तपाइँ के चाहनुहुन्छ ?’जंगबहादुरले तुरुन्तै जवाफ दिए, ‘गुमेको भूमि फिर्ता चाहन्छु ।’ सुरुमा सकारात्मक जवाफ दिए पनि पछि उनीहरुले चारवटा जिल्लामात्रै फिर्ता गरे, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । यस विषयमा १८६० मा सन्धी भयो ।त्यसपछि हालको नक्सा अनुसार मेचीदेखि महाकालीसम्मको नेपाल तयार भएको हो ।यसरी आधा भुभाग गुमाए पनि विश्वका तत्कालीन २५ देश भने बेलायत उपनिवेशका बिरुद्धमा उभिए आफ्नो स्वतन्त्रता र सार्बभौमसत्ता जोगाएर राखेका थिए ति मध्येको एक नेपाल पनि हो जसले डटेर आफ्नो स्वतन्त्रता हडप्न दिएन।
नेपाल विस्तार हुँदा यसको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो, भने अहिलेको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । पछि फिर्ता आएको बाहेक सुगौली सन्धीबाट हामीले झण्डै ६० हजार वर्ग किलोमिटर गुमायौ। सन्धीमा नेपालको तर्फबाट राजा वा प्रधानमन्त्रीको हस्ताक्षर देखिएको छैन । बाहिर आएको सन्धीको प्रतिमा चन्द्रशेखर र गजराज मिश्रको हस्ताक्षर मात्रै छ । तर, यसको मतलव सन्धीको वैधानिकतामा प्रश्न उठ्न सक्दैन ।
नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिने बेलायमा स्वतन्त्र राज्यका रुपमा आफूलाई चिनाउन यही सन्धीलाई आधार बनाएको थियो । त्यतिबेला रुस र युक्रेनले नेपाललाई भारत संरक्षित राज्य भनेर सदस्य दिन नहुने लविङ गरेका थिए ।तर नेपालले आफ्नो क्षमता प्रदर्शन गर्यो।नेपाललाई अहिलेसम्म बिझाइरहने एउटा दुखान्त परिघटनाका लिन सकिन्छ सुगौली सन्धीलाई । पूर्वमा नेपालको टाउको छिनाएजस्तो भयो भने पश्चिममा पनि घुँडासम्म काटियो ।
यसरी निर्धारीत भएको सिमा रेखा अङ्ग्रेज भारतबाट फर्किन्जेल सम्म यथावत रहेको देखिन्छ।तर जब अङ्ग्रेज भारतबाट फर्केर सन १९४७ मा भारत स्वतन्त्र भयो त्यसपछी उसले नेपालतर्फ अङ्ग्रेज निति अपनाएको देखिन्छ।सन १८१६ मा भएको सुगौली सन्धिको धारा ५ बमोजिम नेपालको पश्चिम सिनामा स्पष्ट काली नदी उल्लेख गरीएको छ।तर नेपालमा सन १९५० मा भएको राजनीतिक परीवर्तन पश्चात् नेपाल र भारत बिच सन १९५० मा असामान शान्ती तथा मैत्री सन्धि भएको थियो।
जसको धारा ८ मा लेखिएको छ यो सन्धि पुर्व गरीएका सबै सम्झौता रद्ध हुनेछन भनी त्यही समय देखी बिस्तारै बिस्तारै नेपाल र अङ्ग्रेज बिच कायम गरीएका त्यो सिमा रेखा मेटिन थालेको देखिन्छ त्यति मात्रै होइन एक सार्वभौम सत्ता सम्पन्न मुलुकको मन्त्रीपरीषदको बैठकमा आफ्नो प्रतिनिधि समेत राख्ने निर्णय गराउन सफल भयो।सन १९५३ ताका नेपालमा प्रधानमन्त्री थिए मातृकाप्रसाद कोइराला र भारतमा जवाहरलाल नेहरु भारतको अङ्ग्रेज प्रस्त प्रशासन र बिदेश नितिले नेपालको भुभाग त्यतिखेर देखि नै हडप्ने कदम चालेको थियो।
मातृका प्रसाद कोइराला कै पालामा उनिहरुले आफ्नो सेना नेपालि भुमीको सुरक्षाको बहाना बनाएर असमान तरीकाले चिनको सिमानामा १८ वटा ब्यारेक खडा गरी राखेका थियो।सन १९५४ मा कोशी सम्झौता सन १९५९ मा गण्डक सम्झौता जस्ता असमान सम्झौता गरी पानी माथी आधिपत्य कायम गरे नेपाली भुमिमा सेना पनि राखे तर सन १९५० ताका देखी नै नेपालको आन्तरिक राजनितीमा प्रत्येक्ष खेल्न थालेको थिए हिन्दुस्तानले।त्यो जवर्जस्त तरीकाले सन सन १९५९/६० तिर लादिएको थियो नेपाली राजा महेन्द्रलाई राजनीतिक पार्टी बिनाको सत्ता चलाउन सहयोग गरेर उनिहरुले आफ्नो सेना हाम्रो भुमिमा राखी राख्ने काम गरेका थिए।
सन १९६२ भारतीय प्रधानमन्त्री इन्धिरा गान्धीको पालामा भारत र चिन बिच युद्ध भयो र भारत नराम्रो सङ्ग हार्यो उसले चिनलाइ एक भयानक जनावर देख्न थाल्यो र त्यसको कवजको रुपमा नेपाली भुमी बनाइरह्यो।नेपालका प्रधानमन्त्री किर्तिनिधी बिस्टले सन १९७३ मा भारतीय सेनाले नेपाल छोड्नै पर्ने अडान लिए मातृका प्रसाद कोइरालाले अनुमति दिएर राखिएका १८ पोस्ट मध्ये १७ पोस्ट खालि गरीयो तर तत्कालिन समयमा एउटा पोस्ट कालापानीमा भने भारतले बसिरहन दिन नेपाल सङ्ग आग्रह गर्यो त्यसै मुताबिक कालापानीमा भारतीय सेना बसिरहेको छ र थियो।
सन १९७९ सम्म नेपालको प्रत्येक्ष निगरानीमा भारतीय सेना नेपाली भुमी कालापानीमा बसेको विभिन्न तथ्य र प्रमाणले देखाउछन।सन सन १९८९/९० मा नेपालमा भएको राजनीतिक परिवर्तन पछि नेपालका राजाको अधिकार् कटौती गरेर राजनीतिक दललाई गोटि बनाउने काममा पनि भारतीय प्रशासन प्रत्यक्ष लागेको देखिन्छ।त्यसपछि नेपाली राजनीतिक पार्टीका नेताले सत्तामोहमा त्यो भुमिको नाम समेत उच्चारण गर्न छोडेका थिए।
नक्साबाट त कालापानी पहिल्यै हराइसकेको थियो।सन ९० को दशक देखी राजनीतिक उथलपुथलको मारमा परेको नेपाललाई भारतले बिस्तारै आफ्नो आङ्गिक प्रदेश जस्तो बनाउन खोजेको देखिन्छ।राजनीतिक दलले बिलकुल बिरोध नगरेको प्रष्ट हुन्छ हिजो तत्कालीन द्वन्दरत पार्टी माओवादी समेतले सुरुङ युद्धको घोषणा गरे तर जव सत्तामा पुगे त्यो रणनीति पनि बिस्तारै क्षय हुँदै गयो र नेपालको सरहद नक्सा गलत प्रकाशीत हुँदै गयो।
नेपालको सरहद लिम्पियाधुरा सम्म हो भन्ने विभिन्न प्रमाण आज पनि जिवित छन तर ति प्रमाणलाई प्रयोग गरीन भने हिचकिचहाट नेपाली सत्ता पक्षबाट भएको देखिन्छ।सीमा मामिलाबारे गहिरो अध्ययन गरेका नेपाली विज्ञहरूले काली नदीको उद्गमस्थल खोज्ने क्रममा आफूले नेपालको सिमाना लिम्पियाधुरासम्म रहको जानकारी गराएका छन।
सन् २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विस्तार गर्ने सहमति भएपछि दुवै देशसँग आफ्नो असन्तुष्टि व्यक्त गरेको सुशील कोइराला नेतृत्वको सरकारले कालापानी र सुस्ताबारे अध्ययन गर्न गठन गरेको समितिका संयोजक सूर्यनाथ उपाध्यायले आफूहरूले जुटाएका सम्पूर्ण तथ्यले नेपाली भूमि अतिक्रमित भइरहेको निष्कर्ष निकालेको बताएका छन।
सुगौली सन्धि भएको २१ वर्षपछि सन् १८३७ मा जेबी तासीनले बनाएको नक्साले काली नदीलाई लिम्पियाधुराबाट बगिरहेको देखाएको विज्ञहरू बताउँछन्।सन् १८५६ तत्कलीन ब्रिटिश इण्डियाका सर्भेयर जनरलले बनाएको नक्साले पनि काली नदीको उद्गमस्थल लिम्पियाधुरा देखाएको उनीहरूको भनाइ छ।
तर १८५७ पछि ब्रिटिश इण्डियाले निकालेका नक्साहरूले काली नदीको उद्गमस्थल लिम्पियाधुरा देखाउन छाडेको तथा ती नक्सामार्फत र व्यवहारिक रूपमा नै नेपाली भूभागमाथि गरिएको शृङ्खलाबद्ध अतिक्रमण भएको नेपाली सीमाविद्हरूको बुझाइ पाइन्छ,सन २०१९मा भारतले प्राकशित गरेको राजनीतिक नक्साले नेपाली भुमी आफ्नो नक्सा भित्र प्रष्ट पारेको देखिन्छ जव भारतले आफ्नो राजनीतिक नक्सा बाहिर ल्यायो।
त्यसपछि नेपाली धर्तीमा आफ्नो बिरता र बिरहरुको पुर्खाको इतिहास सडकमा छताछुल्ल भयो नेपाल सरकारले बिरोफ्ह दर्ज गरायो सुनुवाइ गरेन भारतले त्यति मात्रै होइन सन २० को सुरुवातमा विश्व कोभिड १९ को मारले पिडित हुँदा भारतले नेपालको जमिनमाथी सडक उद्घाटन गर्यो र एक पटक फेरी नेपालीलाई बिक्षिप्त तुल्यायो नाकाबन्दी त पटकपटक गरी हैरान गराकै थियो तर जव सन १६ मा चिनसङ्ग पारवहन सम्झौता नेपालले गर्यो त्यसपछि उसले नाकाबन्दी गर्ने चेस्टा भने गरेको छैन।
नेपालका केहि मसियार मानिने बिदेशी एजेन्टहरुले अहिले पनि भारतको खुल्लियाम प्रचार र समर्थन गरेकै छन तर नेपाल सरकारले परिस्थितिको दवावमा जुन निर्णय गरेको छ आफ्ना पुर्खाले आर्जेको सरहद देखिने नक्सा प्रकाशीत गरेको छ त्यस कार्यमा प्रत्येक बिर नेपालिले साथ सहयोग गरेका छन।
जसरी भारतले नेपालमाथी प्रचार युद्ध घोषणा गरी प्रहार गरीरहेको छ त्यसले उसको बिदेश सम्बन्ध बिश्वसामु नघ्न बनाइदेको छ । हामीले उसले जसरी होइन सुझबुझ पुर्णतः कुटनैतिक वार्ता मार्फत प्रकाशित भएको नक्सामा आफ्नो आधिपत्य कायम गन पर्छ यसको लागी वार्ता नै अन्तिम अस्त्र हो यदी वार्ता सफल नभए यसलाई अन्तरास्ट्रिय मन्च सम्म पुर्याउन पनि नेपाल डराउनु हुँदैन विवादमा रहेका हजारौं हेक्टर भुमी र दु:ख झेलेर बसेका नेपाली नागरिकको उद्दारमा सरकारको ध्यान जाओस पुर्व देखी पश्चिम सम्म उखेलेर फालिएका जङ्ग स्तम्भ पुनः निर्माण गरीयोस अव छाती फुलाएर उच्चारण गर्ने छौं नेपालको क्षेत्रफल १,४७,५१६ बर्ग किमि।
नेपालको मानचित्र प्रस्ट्याएकोमा नेपाल सरकारलाई धन्यवाद बिर गोर्खाको सन्तानले बर्षौ देखी कमाएको बिरता र इतिहासलाई सलाम।।




