एक घर एक परिक्षण अभियान अन्तर्गत आइतबार पहिलो दिन वडा न.९ को रेल्वे माबिमा ११३ जनाको स्वाब संकलन ।

बिरगंज , साउन ११ गते आइतबार ।

बिरगंज महानगरमा कोरोना संक्रमीत ह्वात्तै बढदै गएपछि बिरगंजमा समुदाय स्तरमा एक घर एक परिक्षण अन्तर्गत विभिन्न संघ सस्था , नागरिक समाज , युवा समाज , उपभोक्ता अधिकार वादीहरु ,राजनैतिक दल, पर्सेली जनताहरुको चर्को दबाब पछि बिरगंज महानगर पालिकाको सहयोगमा बीरगन्ज वडा न. ९ बाट सुरु गरिएको थियो ।आइतबार बिहान ११ बजेदेखि सुरु रेल्वे स्कुलको प्राङ्गणमा पिसिआर प्रबिभी मार्फत ११३ जनाको स्वाब संकलन गरेको छ भने कोभिड-१९ संकट व्यवस्थापन समितीले कन्ट्राक ट्रेसिङ्गहरुको माईस्थानको गहवा माई मन्दिर अगाडि २ सय १० जनाको स्वाब संकलन गरिएको हो।त्यसै गरि सोमबार देखि सबै वडामा क्रमिक हुँदै जाने मेयर बिजय सरावगीले जानकारी गराएका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close