जग्गा बिक्रीकाे लागि बैना रकम लिएर नामसारी नगरि ठग्ने एक जना काठमाण्डाैबाट पक्राउ

काठमाण्डाै – जग्गा बिक्रीको लागि बैना रकम लिएर नामसारी नगरि ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् । आठ जनाबाट बैनाबापत एक करोड ६६ लाख ५० हजार रुपैयाँ रकम लिएर जग्गा नामसारी नगरिदिने सङ्खुवासभाको धर्मदेवी नगरपालिका घर भएका दुर्गाबहादुर भण्डारीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।

भण्डारीले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा लिइ जग्गाकाे बैना गर्ने तर जग्गा नामसरी नगरि चेकबाट पैसा फिर्ता लिनु भनेर खातामा पैसा नभएको चेक दिइ ठगी गर्दै आइरहेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । उनले ठगी गरेको भनेर उजुरी पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close