
डिप्राेक्स लघुवित्त वित्तिय संस्था लि.द्वारा राहत समाग्री वितरण
राजन कुमार बानिया
पर्सा ८ जेठ
रौतहट जिल्ला को कटहरियामा रहेको डिप्राेक्स लधुवित्त वित्तिय संस्था शाखा कार्यालय कटहरियाले अाज एक कार्यक्रम बिच कटहरियामा रहेको क्वारेन्टाइनमा तीस हजार बराबरको राहत स्वरुप बासमती चामल र नुहाउने साबुन समेत बितरण गरेका छन। कटहरियामा रहेको डिप्रोक्स लधुवित वितिय संस्था शाखा कार्यालयका प्रबन्धक बैजुलाल दासले कटहरिया नगरपालिका वार्ड नं ५ का वार्ड अधयक्ष सर्फलाल प्रसाद गुप्तालाई १८ बोरा बासमती चामल र ३० वटा साबुन हस्तान्तरण गरेका छन। शाखाका प्रबन्धक दासले भने संस्थाले दिएको राहतबाट कटहरिया वार्ड नं ५को क्वरेन्टाईनमा रहेको लाई सहयाेग पुग्ने बताए । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बचाउन सरकारले गरेको लकडाउनको पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा ३ फिट को दुरी बनाउन, साबुन पानीले हाथधुने अाग्रह समेत गर्दै जनचेतना समेत शाखाका प्रबन्धक दासले अाग्रह गरे। समयमा भारत र खाडिमुलुक बाट अाउने हरु लाई पहिचान गरि सुरक्षित क्वारेन्टाइन मा बस्न अाग्रह समेत गरे।



