
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु मा भोजनको आयोजना
बैशाख २४,
खेम राज खनाल काठमाडौ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको आयोजना र स्थानिय निकाय हरुसंगको सहकार्यमा कोरोना भाईरसबाट प्रभावित ब्यक्तिहरुलाई सामुहिक भोजन गराउदै आएको छ बिगत ६ दिन देखि दैनिक १२०० जानाको दरले बिहान बेलुका खाना खुवाउदै आएको कुरा सामुदायिक सेवा केन्द्र का अद्क्ष्य राकेश सिंह तथा सामुदायिक प्रहरी इन्चार्ज प्रनानि पदम पाण्डे छेत्री ले दैनिक न्युजपोस्ट लाई जानकारी दिएका थिए |
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ले टोखा नगरपालिका वडा न.३ सुर्यदर्शन हाइट शान्ति बाटिका ,वडा न. ८ भुवानिश्वोरी मन्दिर तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र को भवन गोंगबु मा टोखा नगरपालिका वडा न. ९ ,१० र का म न पा -२६ को सहकार्य मा भोजन गराउदै आएको छ | यस्तो विषम परिस्थितिमा असाहय,गरिब तथा दैनिक मजदुरी गरेर आफ्नो र परिवार हरुको पेट पाल्दै आएका ब्यक्ति हरु लाई यसले ठुलो राहत मिलेको दैनिक भोजन मा उपस्थित मजदुर हरि बहादुर नेपाली ले बताए |




