पर्सा–बाराका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, एकैपटक व्यापक सरुवा

पर्सा–बाराका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, एकैपटक व्यापक सरुवा

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिव र ५२ अधिकृतको सरुवामा पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसमेत परेका छन्।

सरुवा सूचीअनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार यादवको धोबिनी गाउँपालिकामा सरुवा भएको छ। सखुवा प्रसौनीमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई पठाइएको छ। चक्रघट्टा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाको जिराभवानी गाउँपालिकामा सरुवा भएको छ भने जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ।

पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ।

पर्साकै जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवको बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको छ। विश्रामपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई जगरनाथपुर गाउँपालिकामा पठाइएको छ।

यसैगरी, छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार साहको सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा भएको छ। छिपहरमाईमा उनको स्थानमा सर्वजितकुमार झालाई पठाइएको छ।

पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ भने उनको स्थानमा जिल्ला समन्वय समिति पर्सामा कार्यरत सुमितकुमार सिंहलाई पठाइएको छ।

बारामा पनि प्रमुख प्रशासकीय अधिकृतको फेरबदल

बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारको फेटा गाउँपालिकामा सरुवा भएको छ। फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सिरहाको नवराजपुर गाउँपालिकामा सरुवा गरिएको छ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाराकै देवताल गाउँपालिकामा कार्यरत कृष्णनन्दन रायलाई पठाइएको छ। देवताल गाउँपालिकामा भने रौतहटको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई सरुवा गरिएको छ।

त्यस्तै, बाराको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवनकुमार केशरीलाई पठाइएको छ।

बाराकै करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको भूमि व्यवस्था तथा अभिलेख विभाग, काठमाडौंमा सरुवा भएको छ। उनको स्थानमा रमेश अधिकारीलाई करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।

यस सरुवासँगै पर्सा र बाराका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा व्यापक फेरबदल भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close