सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया २ को बैठक सम्पन्न ।

 

बिरगंज , असार ०६ गते शनिबार ।

लामो समयको बन्द बन्दीका कारण कुनै पनि कार्यक्रम तथा बैठकहरु नभएकोले आज मिति २०७७/०३/०६ गते साझ १७:३० बजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराईको अध्यक्षतामा बैठक बसि हाल विश्वभरि महामारीको रुपमा फैलिएको Covid-19 कोरोना भाइरस सम्बन्धी जनचेतना मुकल पर्चा पम्प्लेट बितरण गर्ने, मारवाडी सेवा समिती नेपाल बिरगंजको सहयोगमा रोग प्रतिरोधात्मक क्षमता बृद्वि गर्ने होमियोप्याथिक औषधि नि:शुल्क वितरण गर्ने र नेपाल ईण्डो हस्पिटल मा शुद्व पिउने पानीको फिल्टर टेङ्गकी जडान गर्ने निर्णय गरिएको थियो ।

सो बैठकमा वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, उपाध्यक्ष लालदेव प्रसाद यादव, कोषाध्यक्ष प्रेम कुमारी सिह, सचिव प्रबिण बिक्रम शाह, स-सचिव मदन कुमार गुप्ता, सदस्य धिरज शर्मा, अरुण कुमार गोयल, अब्दुल कैस, सहेव हुसैन, टीका देवि प्रसाईं, राइजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु खान लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close