अध्यक्ष थापाको पहलमा विजयनगरमा ६ कि.मि. बाटो कालो पत्रे निर्माण हुँदै

विजयनगर , १६ श्रावण
कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिकामा ६ किलो मिटर बाटो कालो पत्रे निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा पर्ने फरेनी चौकदेखि बद्दौर, छुटपाटी हुँदै वडा नं. ५ को डालपुर र देवीपुरसम्म बाटो कालो पत्रे हुने भएको छ ।

गाउँपालिका भित्र काे पहिलो लामो कालो पत्रे बाटोे हुन लागेको हो । ५ नं. प्रदेश सरकारले २०७७ असाढ २९ गते सूचना प्रकाशित गर्दै ठेक्काको लागि आब्हान गरेको थियो । प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत १० करोडको लागतमा उक्त बाटो कालो पत्रे हुन लागेको हो ।

आफुले पहल गरेको बाटो प्रदेश सरकारले सम्बोधन गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । मानव विकासको सुचाङ्कमा कपिलवस्तु जिल्ला काे सबैभन्दा पछाडी परेको पालिका रहेकाे छ । यस गाउपलिका लामाे बाटो बनाउन सहयोग गरेकोमा सबैलाई अध्यक्ष थापाले धन्यवाद दिनुभयो ।

गाउँपालिका भित्र काे पहिलो लामो कालो पत्रे बाटोे हुने भएले
स्थानीय साबीहरु खुसी भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close