
राजन बानिया
पोखरिया ८ भदौ
पोखरिया युवा समाज ले अाज पर्साको पोखरिया नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय पोखरिया लाई एक कार्यक्रमका बिच ८ वटा सेलिङग पंखा बितरण गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरिया मा पुगी प्रहरी निरिक्षक चन्द्रकुमार सिंह लाई पोखरिया युवा समाज का नौसाद आलम ले बितरण गरेका छन।
बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट जनता हरु लाई बचाउन दिन रात जानको बाजीलगाएर खटिरहेको र ब्यापक मात्रा मा गर्मी भईरहेको ले सोको मध्यनजर गरि पोखरिया युवा समाज ले सेलिंग पंखा बितरण गरिएको समाज का नौसाद अालम ले जनाएका छन। पंखा बितरण कार्यक्रम मा सहयोग गरिने अखलाख आलम ,मानिर आलम, सन्तोष महतो, मनोज गुप्ता, निरन्जन कुमार, टाईसन यादव, अबदुल फर्मा,लगायत को सहभागिता रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




