दाईजो एवम समाजिक कुरिति विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

अजित भुजेल

बिरगंज , माघ १६ गते शुक्रबार ।

दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंचले बारा जिल्ला प्रसौनी गा पा वाड न. ४ खुटवा जब्दी गाउको चण्डीमाइ धर्मशालामा गा. पा. को सहकार्यमा दाईजो, बाल विवाह तथा महिला हिंसा विरुद्ध जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अघ्यक्ष बृजेशवर प्रसाद चौधरि अघ्यक्षतामा र प्रसौनी गा. पा. का अघ्यक्ष भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिष्ट अतिथिमा वडा न.४ का वडा अघ्यक्ष आनन्द कुमार गुप्ता ,अतिथिमा वडा सदस्य शान्ति देवी पासवान,वडा सदस्य लालपरी देवी ,जानकी किशोरी समूहका इसिका मण्डलले आआफ्नो बिचार व्यक्त गरेका थिए ।
संस्थाका संरक्षक सुरेन्द्र कुर्मी,उपाघ्यक्ष प्रकाश थारु,पब्लिक एफ एमका स्टेशन कोडिनेटर राजेन्द्र सिह,भोजपुरिया एफ एम का प्रोग्राम कोडिनेटर लगायत स्थानीयहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

गा. पा. अघ्यक्ष तथा वडा अघ्यक्षले यस्ता थुप्रै समाजिक कुरितिहरुलाइ सघैको लागी समाप्त पार्नको लागी आ-आफ्नो तर्फबाट आफ्ना जनताका लागी जे जति पनि साथ र सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भएको थियो ।
स्वागत मन्तव्य समाजिक अभियन्ता लालबाबू सिंहले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सस्थाका सचिव कन्हैया पटेलले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close