दुर्घटना न्यूनीकरणका लागि स्टिकर टास्ने एक हप्ते अभियान अन्तर्गत आज तेस्रो दिन सोमबार बिरगंजको घन्टाघर चौकमा टल्किने स्टिकर टास्ने काम सम्पन्न ।

अजित कुमार भुजेल

बिरगंज , माघ १९ गते सोमबार ।

ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी टल्कने स्टिकर टास्ने अभियानको आज तेस्रो दिन पनि बिरगंजको घन्टाघर चौकमा स्कुल बस , बोलोरो पिकअप गाडी , कार , जिप , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्किने स्टिकर टास्ने काम सम्पन्न भयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतुत्वमा बिरगंजको घन्टाघर चौकमा स्टिकर टास्ने काम भएको थियो ।यो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।भोलि मंगलवार चौथो दिन परवानिपुर चौकमा ट्रक र ट्याक्टरहरुको पछाडि टल्कने स्टिकर टास्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान , पहल सस्थाका अध्यक्ष दिलिप राज कार्की , सन्चारकर्मी संतोषमान रन्जितकार , जाकिर हुसेन , अजित कुमार भुजेल , ट्राफिक प्रहरी हवल्दार , ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close