बीरगंजको मुख्य बजार जलमग्न, आपतकालिन उद्धारका लागि सडकमा नै डुङ्गा सञ्चालन

अविरल वर्षासँगै आएको बाढीले वीरगंजको मुख्य बजार आदर्श नगर क्षेत्र जलमग्न भएपछि आपतकालिन उद्धारको लागि ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले आदर्श नगरमा सडकमै डुङ्गा राखेको छ ।

आज बिहान अविरल वर्षापछि झन्डै ३ फिटभन्दा बढी पानी जमेको र स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई घरबाट निस्किन तथा आवतजावत गर्न समस्या भएपछि आपत्कालिक उद्धारका लागि डुङ्गा राखिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।


आपत्कालिक उद्धारका लागि सो डुङ्गा घडिअर्वा पोखरीका सञ्चालक सुशील साह कानुले उपलब्ध गराउनु भएको हो ।
डुङ्गा सञ्चालनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता वीरगंज, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर र वीरगंज युवा समाजले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने समेत खेतानले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close