सिरहामा अबैध लागु औषध (ब्राउन सुगर) सहित मानिस पक्राउ ।

जितेश मण्डल
भाद्र १८ / सिराहा: आज करिब १२:०० बजेको समयमा सिरहा न.पा. १७ काली चौक स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा मिर्चैया न.पा.५ बस्ने वर्ष २६ को मोहमद नियाज सेखको साथबाट १०.५ ग्राम (साढे दश ग्राम) ब्राउन सुगर बरामद गरिएको छ।

निजलाई लागू औषधि सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close