
अजित भुजेल
बिरगंज , भदौ २४ गते बिहीबार ।
बिरगंज मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरि राखिएका सामान हटाउने कार्य ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले आजबाट सुरु गरेको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरद्वारा बिरगंजको लोहारपट्टी चौकदेखि त्रिमुर्ती चौक सम्म र पुजन होटलदेखि घडिअर्वा पोखरी चौकसम्मको क्षेत्रका सडक अतिक्रमण हटाउने कार्य सुरु गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पर्सा पोस्टलाई जानकारी गराउनु भयो ।
यस क्षेत्रको सडक तथा पेटीमा रहेका ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री एवम् अन्य सामाग्री हटाइएको खेतानले बताए । सडक तथा पेटी अतिक्रमण गरेपछि पैदल यात्रुहरुलाई आवतजावतमा असहज भइरहेको थियो । निर्माण सामाग्री जथाभावी राख्दा पैदल यात्रुहरु हिड्दा र सवारीसाधन चलाउदा ठूलो दुर्घटना हुने हुदा यसलाई व्यवस्थित गर्न हामी लागि परेको बताए ।
बिरगंज महानगरपालिका, पर्सा प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , नगर प्रहरी लगायतको सक्रियतामा अतिक्रमण हटाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा बिहिवारदेखि शुरु गरिएको व्यवस्थित बिरगंज अभियानलाई पुनः निरन्तरता दिने खेतानले बताए ।




