
घनश्याम यादव
कपिलवस्तु जिल्ला काे ताैलिहवा मा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखाले काेभिड १९ काे तेस्रो लहरलाई नियन्त्रण गर्ने काे लागि माक्स वितरण गरेको छ ।
युवाले राष्ट्र काे विकास काे काम सगै , सामाजिक काम पनि गरिरहेकाे कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता बताउनु भयो ।
अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा याेगदान राष्ट्र काे लागि कपिलवस्तुको बाटाे मा विना माक्स लगाएर हिड्ने मान्छेहरुलाई माक्स वितरण र काेभिड १९ लाई नियन्त्रण मा अलि सहयोग हुन्छ , याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखा संयोजक
मोहम्मद इरफान मन्सुरी ले भन्नू भयो ।
जिल्ला प्रहरी कार्यालय का प्रहरीले सुरक्षा र माक्स वितरण मा सहयोग समेत गर्नु भएको हाे ।
याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखा काे अायाेजना र डायनामिक सामाजिक विकास संस्था , कपिलवस्तु नगरपालिका , लुम्बिनी अपाङ्गता विकास केन्द्र काे समन्वय मा काेभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता,पदम राज श्रेष्ठ – कपिलवस्तु नगरपालिका का सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी , लुम्बनी अपाङता विकास केन्द्र का ओरिराम चौरसिया , ट्राफिक प्रहरी कार्यालय तौलिहवाका नायव निरक्षक चित्र वीर केसी र याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखा की सल्लाहकार बबिता,सन्चारकर्मी र प्रहरी लगायत अन्य ब्यक्तीहरुको पनि उपस्थिति रहेको थियो !




